भोजपुर । पौवादुङ गाउँपालिका ३ च्याङग्रेमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन । राति करिब १०:०० बजे स्थानीय २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
घाइतेको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि धरान पठाइएको छ । सामान्य विवाद झै-झगडामा परिणत हुँदा घटना घटेको थियो ।
घटनापछि गणेशबहादुर राईलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया