ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ ।
मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रुपमा निकै लाभादायक मानिन्छ ।
पशु सेवा विभागका सूचना अधिकारी डा इन्दिरा शर्माले भारतबाट उपहार स्वरूप प्राप्त मुर्रा राँगाबाट हालसम्म कूल एक लाख ३० हजार ४२४ डोज वीर्य जम्मा गरिएको बताए । उनका अनुसार ४८ हजार ८५६ डोज वीर्य विभिन्न कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्याइएको छ ।
उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले विसं २०८० मङ्सिरमा उपहार स्वरूप उपलब्ध गराएको हो । राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा सात, लहानमा पाँच र नेपालगञ्जमा तीन गरी १५ वटा मुर्रा राँगाबाट कृत्रिम गर्भाधानका लागि वीर्य जम्मा गरिँदै आएको छ ।
मुर्रा जातको भैँसीले एक बेतमा चार हजारदेखि पाँच हजार लिटरसम्म दूध दिन्छ । जब नेपालका विभिन्न स्थानीय क्षेत्रका स्थानीय जातका भैँसीले सरदर एक हजार ५०० देखि एक हजार ६०० लिटरसम्म दूध दिन्छन् ।

२०८० जेठमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिएको थियो।

प्रतिक्रिया