महिला उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने कार्यक्रम तय भएको हो ।

बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने जनाइएको छ ।

प्रभानमन्त्री बालेनले केही दिनअघि निर्माण व्यवसायी ,उद्यमी र होटल व्यवसायीहरुसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्रीको छलफपछि व्यवसायीहरु उत्साहित भएका छन् ।