त्रिशूलीमा एक युवकले हाम फाले


काठमाडौँ । नुवाकोटको त्रिशूली बजार नजिकैबाट एक जना युवक त्रिशूली नदीमा हाम फालेका छन् । बिहीबार दिउँसो करिब १ बजेर १० मिनेटमा विदुर नगरपालिका–१० घर भएका ३५ वर्षीय श्यामबहादुर मग्राती त्रिशूलीमा हाम फालेका हुन् ।

नयाँ पुलबाट हाम फालेर बेपत्ता भएका मग्रातीको खोजी भइरहेको नुवाकोटका एसपी विपिन रेग्मीले बताए । उनको खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । हाम फाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।