सर्लाही । मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार भएको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीले उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरुलाई बोलाएर टेलिफोनमार्फत् कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन् ।
उनी राति नै टावरमा चढेको आशंका गरिएको छ । उनले बिहान आज ४ बजे साथीलाई फोन सम्पर्क गरेर बोलाएपछि घटनाबारे थाहा भएको थियो । लगत्तै उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो ।
प्रहरीले उनका बुवा र दाजुलाई टावर भएको स्थानमा बोलाएर हुसेनसँग टेलिफोन सम्वाद गराइदिएको थियो । त्यसपछि उनी तल ओर्लिएका थिए ।
उनी आफ्नो प्रेमिकालाई बोलाउन आग्रह गर्दैं टावरमा चढेको बाशंका गरिएको छ ।




प्रतिक्रिया