काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयाग मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने झापा दमक घर भएका सोहम बस्नेत समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले सोहमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ५७ ट्याब्लेट सहित धनुषा गणेशमान चारनाथ नगरपालिका-५ बस्ने २५ वर्षीय सुबास मानन्धरलाई समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरी सम्सीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३८८६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, कलैया उपमहानगरपालिका-१९ पचायनपुर बस्ने २० वर्षीय सनोज पटेललाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ सय ५० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गंगापुरबाट खटिएको प्रहरीले सनोजले सोही ठाउँमा संचालन गरेको घुम्ती पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय आइतमान थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ जम्बुचौतारा बस्ने २२ वर्षीय रबि स्याङ्तान र राक्सिराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय सुजन स्याङ्तान रहेका छन् । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.७५ प ८२१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धनकुटा, शहिदभूमी गाउँपालिका-१ पाङ्नामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित भोजपुर हतुवागढी गाउँपालिका-९ उखुबारी बस्ने २३ वर्षीय हिलसन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-८ सत्ति पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-१ बस्ने २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण साउँद र २३ वर्षीय खेम साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, कञ्चन गाउँपालिका-४ बेलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सैनामैना नगरपालिका-१० सालझण्डी बस्ने ३१ वर्षीय सन्दिप पुनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रूद्धपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया