कारभित्र जलेको पुरुषको शव शिक्षण अस्पतालमा पठाइयाे


काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका पुरुषको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा अचानक कारमा आगलागी भएको थियो ।

आगलागीमा परेर कार चालक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताए । आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ ।

मृतकको पहिचान भएको छैन । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।