चितवन, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका-१० शेरवाङ बस्ने २२ वर्षीय सुशिल राना मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुशिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया