काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणबारे अनविज्ञता प्रकट गरेको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बेनको भ्रमणबारे मन्त्रालयलाई औपचारिक जानकारी नभएको बताए ।
प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार बेन सुटुक्क भारत गएर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको विषय बाहिरिएको छ।
उनले सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने बताए।




प्रतिक्रिया