महाराजगञ्जमा माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिँदा एकको मृत्यु,६ जना घाइते


काठमाडौँ। आज महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ । महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभीले दुई वटा ट्याक्सी, पिकअप योद्धा र बस लगायतका सवारीसाधनलाई ठक्कर दिएको काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर लमजुङ घर भएका रामकृष्ण अवालको मृत्यु भएको छ । अवालको उपचारको क्रममा मृत्यु भएको अवालको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

दुर्घटनामा परेर घाइते भएका ६ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।