धनगढी पुगे सचिव पौडेल,गोविन्द केसीसँग भोली वार्ता हुने


काठमाडौँ । धनगढीको कृष्ण मन्दिरमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार ामत्रै वार्ता हुने भएको छ । शनिबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा.गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका थिए ।

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले आफ्नो साउन ७ बाट २४ औँ अनशन सुरु गरेका थिए ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको छ ।