काठमाडौं । त्रिशूली नदीमा आज एउटा भ्यान खसेको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डबाट भ्यान त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भ्यान खस्दा चालक बेपत्ता भएका छन् ।
सनिबार बेलुका करिब १७ः४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको भ्यान सडकबाट झन्डै २५ मिटर तल त्रिशूलीमा खसेको हो ।
दुर्घटनामा परेको गाडीका चालकको नामथर र ठेगाना खुल्न बाँकी छ । गाडीमा अरू व्यक्ति थिए वा थिएनन् भन्ने र दुर्घटनाको यकिन विवरण समेत प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया