प्रहरीले उठायो सिरहामा ज्यान गुमाएका यादवको शव


सिरहा । आज दिउँसो सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।

सडकमै शव राखेर आफन्तहरूले दिनभर प्रदर्शन गरेका थिए । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगिएको हो ।

झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।