राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगे प्रधानमन्त्री बालेन


 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । सुनसरी घटनाका कारण  तराई मधेशमा अशान्ति बढेपछि  बिहीबार राष्ट्रका नाममा समेत सम्बोधन गरेका शाह राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेट्न गएका हुन् ।

  तराई मधेशमा भएको तनावका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति पौडैललाई भेट्न शितल निवास पुगेका हुन् । प्रधानमन्त्री बनेपछि पहिलाेपटक बालेन राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

आज मात्रै राष्ट्रपति पौडेलले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरेका थिए ।