काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार टेलिफोन संवाद गरेका छन् । उनीहरूबिच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको बताइएको छ।
उनीहरूबीच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवलायले जानकारी दिएको छ ।
संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको जनाइएको छ । यसअघि आजै प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।




प्रतिक्रिया