सिरहामा गृहमन्त्रीलाई मृतकको घरमा नआइदिनु भनेपछि…


काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ सुनसरीबाट सप्तरी हुँदै सिरहातर्फ लागेका छन्। सिरहाको गोलबजारमा बिहीबार दिउँसो गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई भेट्न गृहमन्त्री सिरहातर्फ लागेका हुन् ।

यसैबीच गृहमन्त्री गुरुङलाई मृतकको घरमा नआइदिन जनप्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् अनुरोध गरेका छन् । स्थिति सामान्य नभएकाले गृहमन्त्रीलाई द्दरमा नआइदिन अनुरोध गरेको औरही गाउँपालिका २ का वडाध्यक्ष रामअयोधी यादवले जानकारी दिए। उनका अनुसार ठूलो संख्यामा युवाहरू मृतकको घरमा गृहमन्त्रीलाई रोक्नका लागि जम्मा भएका छन् ।

वडाध्यक्ष यादवका अनुसार पीडितका माग पूरा गर्ने प्रतिबद्धता पहिले सीडीओमार्फत् पठाउनुपर्ने परिवारको माग छ।