आज यी स्थानमा छ भारी वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागनए आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ । केही स्थानमा भने हल्कादेखि मध्यमसम्मको वर्षाको पूर्वानुमान छ । 

विभागका अनुसार वाग्मती, गण्डकी, कर्णाली, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना छ । 

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको विभागको भनाइ छ ।