नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै


काठमाडौं, साउन १८ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको कार्यालय, सिंहदरबारमा आज दिउँसो ३:३० बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । बैठकका लागि कांग्रेसले आफ्ना सबै सांसदहरूलाई उपस्थिति हुन निर्देशन दिएको छ ।