काठमाडौं, साउन २७ । बैतडीको दशरथचन्द नगरपालिका–१ की बिमला भुल सम्पर्कविहीन भएकी छन्। उपचार गर्न भारतको पिथौरागढ गएकी ३० वर्षीया भुल एक हप्तादेखि सम्पर्कविहीन भएको पारिवारीक स्रोतले जनाएको छ।
उनका श्रीमान हरिश भुलले दशरचन्द नगरपालिका–४ स्थित माइती घरमा रहेका बेला बिमला उपचारका लागि पिथौरागढ जान्छु भनी गएको बताए तर उनी अहिलेसम्म कसैको सम्पर्कमा छैनन्।
उनलाई कतै देखे भेटेमा नजिकको प्रहरी चौकी वा हरिशको ९७६७४४०३१८ नम्बरमा फोन गरिदिन अनुरोध गरिएको छ। उनका दुई छोरा छन् भने आफू तल्लो शरीर नचल्ने बिरामीका कारण विगत दुई वर्षदेखि थलिएका छन्।




प्रतिक्रिया