काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी ठप्प


काठमाडौं, साउन २९ । काठमाडौं-मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खसेको छ । पहिरो खस्दा उक्त सडक दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बिच सडकमै रोकिएका छन् । बिहीबार बिहान करिब २:१५ बजे यो खण्डमा पहिरो खसेको थियो । अहिले चार वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Skip This