काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिएका छन् । उनले केहीबेर अघि ब्रिफिङ लिएको चिवालयले जनाएको छ ।
प्रधान सेनापतिसँगको छलफलपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम छ । त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने जनाइएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक जानकारी लिइरहेका हुन् ।




प्रतिक्रिया