काठमाडौँ । नेपाली कांग्रेसका सबै सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने भएको छ ।
सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।
का्रंग्रेसले संसद् सञ्चालनका लागि सभामुखसँग छिटोभन्दा छिटो छलफल गर्ने निर्णय पनि गरेको छ । विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन संसद्को बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको हो।
जिल्ला तथा गाउँ–गाउँमा रहेका बेपत्ताका घटनाहरू सांसदमार्फत संसद्मा उठाउन र त्यसको समाधानका उपाय पहिल्याउन संसद् सञ्चालन आवश्यक रहेको उनले बताइन् ।




प्रतिक्रिया