प्रदेश र स्थानीय सरकारले दिएको साथ निकै महत्त्वपूर्ण छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको उद्धार र राहत कार्यमा प्रदेश तथा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

सोमबार विपद् व्यवस्थापनबारे फेसबुकमार्फत ब्रिफिङ सार्वजनिक गर्दै उनले विपद् व्यवस्थापनमा संघीय सरकारलाई तल्लो तहका सरकारहरूले दिएको साथ र समन्वय निकै महत्त्वपूर्ण रहेको बताएका हुन् 

राहत वितरणमा स्थानीय सरकारको सक्रियताले ३ हजार ६९६ प्रभावित नागरिकसम्म सामग्री पुगेको उनले उल्लेख गरे । ‘स्थानीय र प्रदेश सरकारको साथले गर्दा नै अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको व्यवस्थापन सहज भएको छ,’ उनले भने ।