बाढीपीडितको पुनर्स्थापनाका लागि स्रोत जुट्दैछ  : प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपीडितको पुनर्स्थापनाका लागि स्रोत जुटिरहेको बताएका छन् । सोमबार विपद् व्यवस्थापनबारे फेसबुकमार्फत ब्रिफिङ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

”हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ। उहाँहरूले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ। उहाँहरूको पीडामा मलहम लगाउँदै पुनर्स्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो हो,” प्रधानममन्त्रीले भनेका छन्,”उहाँहरूलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै पुनर्स्थापना गर्न सरकार लाग्नेछ। पुनर्स्थापना आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी छ।”