नौबिसे–नागढुंगा सडक भासियाे, सुरुङमार्ग खुला


काठमाडौं । नौबिसे–नागढुंगा सडक भासिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सडक बुधबार बिहान पातले वनमा भासिएको हो ।

सडक भासिएसँगै काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ ।

अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ ।

सडकको पर्खाल (वाल) धेरै पुरानो भएकाले भत्किएर सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।