बाढीपीडितका लागि कवाड व्यवसायी समाज नेपालको राहत सहयोग


काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि कवाड व्यवसायी समाज नेपालले राहत सामग्री सहयोग गरेको छ।


समाजले बाढीपीडितका लागि संकलन गरेको खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई हस्तान्तरण गरेको समाजका अध्यक्ष राम केवल गुप्ताले जानकारी दिए।


समाजका अनुसार राहत सामग्रीमा ४३ बोरा चामल, २ बोरा दाल, ११ बोरा ४ प्याकेट चिउरा, ४३ कार्टुन चाउचाउ, ६ कार्टुन खाने तेल, ११ कार्टुन बिस्कुट, ५ कार्टुन मस्यौरा, २ बोरा आलु, २ बोरा प्याज, २ बोरा नुन, २५ कार्टुन खानेपानी, १२ कार्टुन फुटी, १ कार्टुन साबुन, १ कार्टुन दूधपेट, ११ प्याकेट भुजा र ५ प्याकेट दालमोट लगायतका सामग्री रहेका छन्।


विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले समाजका तर्फबाट स्वेच्छिक रूपमा सामग्री संकलन गरिएको अध्यक्ष गुप्ताले बताए ।


समाजले बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिन सामाजिक संघसंस्था तथा व्यवसायीहरूलाई समेत सहयोगका लागि आह्वान गरेको छ।