काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा शिक्षकको गोली हानी हत्या गरिएको छ ।
स्थानीय कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षकको गए राती भरुवा बन्दुकले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका ३६ वर्षीय नरकुविर खम्बु राईको घटना स्थलमै मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।
घट्ना गए राति भएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया