काठमाडौँ । ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले शाहलाई कलङ्कीबाट पक्राउ गरेको हो ।
पीडित युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन् । सोही आधारमा प्रहरीले घटनामा संलग्न युवकको खोजी थालेको थियो ।
प्रहरीले खोजी गर्ने क्रममा शाहलाई कलङ्कीबाट पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया