काठमाडौँ । पार्टीभित्रको विवाद चर्किरहेको बेला कांग्रेस सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच भेतवार्ता भएको छ । उनीहरुबीच शनिवार साँझ भेटवार्ता भएको स्रोतले बतायो।
भेटवार्तामा निवर्तमान कार्यवाहक सभापतिले राखेका माग पूरा गर्न सभापति थापाले सहमति जनाएको स्रोतले दाबी गरे । स्रोतका अनुसार खड्का र सभापतिबीच अब सहमति हुने सम्भावना बढेका छ ।
खड्काले १५ औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकालाई अद्यावधिक नगरेको निहुँमा १५औँ महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न नसक्ने बताउँदै आएका छन् । उनले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नु पर्ने बताइरहेका छन् ।




प्रतिक्रिया