काठमाडौं, भदौ २१ । रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना श्रमिक तथा प्राविधिकहरू फसिरहेको सूचना प्राप्त भएको छ । गत भदौ १० गते आएको बाढीले आयोजनाको सुरुङमा क्षति पुर्याएपछि उनीहरू भित्रै थुनिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम न्यौपाने उक्त सूचना सार्वजनिक गर्दै आफू घटनास्थलतर्फ प्रस्थान गरेको जनाएका छन् । न्यौपानेले घटनास्थलमा पुगेर सुरुङको वर्तमान अवस्थाको प्राविधिक विश्लेषण गर्ने, उद्धार टोलीलाई आवश्यक सुझाव दिने र परिस्थितिअनुसार प्रत्यक्ष रूपमा उद्धार कार्यमा समेत संलग्न हुने तयारी गरेका छन्।
‘चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको छ। उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु,’ उनले समाजिक सञ्जालमा लेखेका छन् ।




प्रतिक्रिया