कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

यसअघि २० गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक एकदिन पछि सार्दै आइतबार बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

बैठकमा रसुवाको भोटेकोसी बाढीमा पार्टीको भूमिका र पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल हुने उनले बताए ।