सुरक्षाकर्मीको प्रशंसा गर्दै प्रधानमन्त्री बालेनले भने-‘योगदानको उच्च कदर हुनेछ, सुविधामा सम्झौता हुनेछैन’


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर हुने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत विपद् प्रतिकार्यबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरूले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन,’ प्रधानमन्त्रीले भनेका छन् ।

शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन तीन तहका सुरक्षाकर्मी प्रभावकारी रूपमा क्रियाशील रहेको उनको भनाइ छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा तैनाथ रहेको उनले बताएका छन् ।