देवीघाटमा ५ दिनमै सेनाले बनायाे एक्रो ब्रिज


काठमाडौँ । गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि नुवाकोटको देवीघाट क्षेत्रमा यातायात ठप्प भएको छ । यातायातलाई सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको छ।

नेपाली सेनाले ५ दिनदेखि निरन्तर खटेर बुधबार बेलुका एक्रो ब्रिज जडान सम्पन्न गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको र शुक्रबारदेखि सवारीसाधन सञ्चालन गरिने सरकारले जनाएको छ।