विधायन व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौं, भदौ २८ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । आज बिहान ११ बजेदेखि सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

छलफलका लागि समितिले कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवलाई बोलाएको समितिले जानकारी दिएको छ ।