काठमाडौँ। पछिल्लो समय सुस्ताएको पुँजी बजारलाई गति दिन अर्थ मन्त्रालयले २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ सार्वजनिक गरेको छ।
सेयर बजारमा देखिएको मन्दी र लगानीकर्ताको घट्दो मनोबललाई उकास्न सरकारले नीतिगत तथा संरचनागत सुधारमा जोड दिँदै कार्ययोजना सार्वजनिक गरेको हो ।
सोमबार सार्वजनिक कार्ययोजनामार्फत सरकारले धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप बजारमुखी बनाउने र मूल्य अन्वेषण प्रणाली लागू गर्ने निर्णय गरेको छ। यसका साथै, म्युचुअल फन्ड र कर्पोरेट बन्ड (ऋणपत्र) बजारलाई व्यावसायिक र पारदर्शी बनाउँदै थप आधुनिक उपकरणहरूको विकास गरिने उल्लेख छ।




प्रतिक्रिया