काठमाडौं । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले सांसद सुनारको अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन्।
´माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।
सांसद सुनारले बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ भन्दै आइजीपी कार्कीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न माग गरेका थिए।




प्रतिक्रिया