सर्वदलीय बैठक : उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय


काठमाडौँ । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलिय बैठकले यस्तो निर्ण ग गरेको हो ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलपछि नेकपाका नेता माधवकुमार नेपालले मुख्य गरी बैठकमा दुई वटा विषय केन्द्रीत छलफल भएको बताए ।

‘हामी दुई वटा कुरामा केन्द्रित थियौँ । एउटा सर्वदलीय राजनीतिक संयन्त्र बनाएर त्यसलाई निरन्तरता दिने । अर्को संसदभित्र विशेष समिति गठन गर्न सभामुखलाई आग्रह गर्ने र एक हप्ताभित्र त्यो गठन होस र त्यसले अहिलेको विपतका सवालमा छलफल र काम गरोस् ’, नेता नेपालले भने ।

नेता नेपालले आफू प्रधानमन्त्री हुँदा २००९ मा सगरमाथाको वेस क्याम्पमा मन्त्रिपरिषद् बैठक आह्नवान गरेको र त्यसले सगरमाथा घोषणापत्र जारी भएको र त्यसले विश्वको ध्यानाकर्षण भएको बताए ।

रास्वपा सांसद जगदीश खरेलले बाढीपछि रास्वपा सभापति रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको बताए । उनले बैठकले जनमोर्चालाई समेत संयन्त्रमा समावेश गर्ने निर्णय भएको बताए ।