काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा खोजी तथा उद्धारका क्रममा दुई जनाको शव फेला परेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजीका क्रममा करिब आधा घण्टा अघि सुरुङभित्र दुई वटा शव फेला परेका हुन्। उनका अनुसार सुरुङको ‘ब्रेक थ्रु’ समेत भइसकेको छ।
गत १० भदौमा आएको विनाशकारी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी छ।
सोही क्रममा चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा गरिएको खोजीबाट दुई शव फेला परेकाे हाे । उद्धार टोलीले घटनासँग सम्बन्धित थप विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।




प्रतिक्रिया