मुस्ताङ । प्रधानमन्त्री बालेन शाह मुस्ताङ पुगेको केही समयपछि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला पनि मुस्ताङ पुगेका छन्।
सोमबार मुस्ताङ पुगेका धमलाले कृषि, पर्यटन तथा धार्मिक क्षेत्रको अवलोकनसँगै स्थानीय नागरिक, किसान तथा व्यवसायीसँग अन्तरक्रिया गरेका छन्।
धमलाले घरपझोङ गाउँपालिका–४ स्थित स्याउबारीमा पुगेर बुधबार स्याउ खेतीको अवलोकन गरे । उनले स्थानीय किसान, नागरिक तथा व्यापारीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका छन् ।
अन्तरक्रियाका क्रममा धमलाले किसानका समस्या, उनीहरूका आवश्यकता र अपेक्षाबारे चासो राखेका थिए।
स्याउबारी अवलोकनका क्रममा धमलाले किसानको मेहनत र योगदानको सम्मान गर्दै उनीहरूको साथमा राज्य उभिनुपर्ने बताए। मुस्ताङको स्याउलगायत स्थानीय कृषि उत्पादनको प्रवर्द्धनसँगै पर्यटन क्षेत्रलाई जोडेर स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने धमलाको भनाइ थियो ।
मुस्ताङ भ्रमणका क्रममा धमलाले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको समेत भ्रमण गरेका छन्। उनी मंगलबार `घरपझोङ जलवायु सम्मेलन–२०८३´ मा समेत सहभागी भएका थिए।
मंगलबार बिहानै उनले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुगेर भगवान् मुक्तिनाथको दर्शन तथा पूजाअर्चना समेत गरे ।
स्थानीयसँगको अन्तरक्रियाका क्रममा केही नागरिकले धमलाले विगतमा गरिब, दुःखी, निमुखा तथा आवाजविहीन नागरिकका समस्या मिडियामार्फत उठाउँदै आएको भन्दै प्रशंसा गरेका थिए।
स्थानीयले अब देशको नेतृत्व तहमा पनि धमलाजस्ता व्यक्तिको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए।





प्रतिक्रिया