रसुवा । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रसुवा कारागारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकाे छ।
रसुवा कारागारबाट १ लाख १६ हजार ३७५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
बाढीका कारण भोटेकोशी क्षेत्रका विभिन्न स्थानमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले कारागारबाट उक्त रकम प्रदान गरिएको जनाइएको छ।




प्रतिक्रिया