वाग्मती प्रदेशमा रमा आलेमगर मन्त्री नियुक्त


हेटौंडा । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएसँगै सरकार पूर्ण बनेको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री किरण थापाको उपस्थितिमा मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसके पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैं मातहतमा राखेका थिए । आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले पनि नेतृत्व पाएको छ ।

बागमती प्रदेशमा नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको सहभागितामा सरकार गठन भएको छ । हाल बागमती प्रदेश सरकारमा आठ वटा मन्त्रालय रहेका छन् ।