काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि वृद्धि आएको छ।
आइतबारका लागि महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँको वृद्धि भएको छ। नयाँ मूल्य अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धि र उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो।




प्रतिक्रिया