काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीबाट महाधिवेशन प्रतिनिधिको खुलातर्फ सुदीप शर्माले उम्मेदवारी दिएका छन्।
लामो समयदेखि विद्यार्थी तथा पार्टी राजनीतिमा सक्रिय शर्माले २०६० सालमा थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियू सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०६१ सालमा त्रिभुवन विश्वविद्यालय स्ववियू परिषद्को केन्द्रीय सदस्य बनेका उनी २०६२ सालमा थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।
जनआन्दोलन २०६२/६३ मा समेत जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेका शर्माले त्यसक्रममा विभिन्न राजनीतिक आक्रमणमा घाइते भएका थिए। उनले २०६४ सालमा नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै, २०६७ सालमा प्राविधिक विद्यार्थी परिषद् (FOTS) को केन्द्रीय सचिव र २०६९ सालमा केन्द्रीय अध्यक्ष बने। नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनमा उनी सहमहामन्त्रीका प्रत्यासीसमेत बने ।
२०७८ सालमा नेपाली कांग्रेस रुपन्देहीको क्षेत्रीय प्रतिनिधि बनेका शर्मा २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका थिए।
विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्म सक्रिय रहँदै आएका शर्माले अब कांग्रेसको १५औँ महाधिवेशनमा रुपन्देहीबाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका हुन्।
सुदीप शर्माको राजनीतिक यात्रा
२०६० — थापाथली इन्जिनियरिङ क्याम्पस स्ववियू सदस्य
२०६१ — त्रिवि स्ववियू परिषद् केन्द्रीय सदस्य
२०६२ — थापाथली इन्जिनियरिङ क्याम्पस स्ववियू सभापति, निर्विरोध
२०६२/६३ — जनआन्दोलनमा भूमिका
२०६४ — नेपाल विद्यार्थी संघ महाधिवेशन प्रतिनिधि
२०६७ — FOTS केन्द्रीय सचिव
२०६९ — FOTS केन्द्रीय अध्यक्ष
नेविसंघ १२औँ महाधिवेशन — सहमहामन्त्रीका प्रत्यासी
२०७८ — नेपाली कांग्रेस रुपन्देही क्षेत्रीय प्रतिनिधि
२०८२ — रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट सिफारिस
२०८३ — क्षेत्रीय प्रतिनिधिमा निर्वाचित





प्रतिक्रिया