भोटेकोसी बाढी : पाँच हजार २८५ जना सम्पर्कविहीन


काठमाडौं । भोटेकोसी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुईजनाको मत्यु भएको छ । 

हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । 

दुई हजार ६० जनाको डीएनए नमूना संकलन भएको छ । बाढीमा घाइते भएका सातजनाको उपचार जारी छ । 

सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । रासस