शाही युवा शक्ति नेपालका संस्थापक अध्यक्ष खड्काको आज जन्मदिन,राजावादी वृत्तबाट शुभकामना


काठमाडौं । राजावादी अभियन्ता तथा शाही युवा शक्ति नेपालका संस्थापक अध्यक्ष पशुपति खड्काको आज जन्मदिन परेको छ। जन्मदिनको अवसरमा खड्कालाई राजसंस्था समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्।

काठमाडौंको फुटुङ स्थायी घर भई हाल तारकेश्वर नगरपालिका–७ मा बस्दै आएका ४४ वर्षीय खड्का लामो समयदेखि राजसंस्था पुनःस्थापनाको अभियानमा सक्रिय छन्। उनी शाही युवा शक्ति नेपालको स्थापनाकालदेखि नेतृत्वमा रहँदै आएका संस्थापक अध्यक्ष हुन् ।

खड्काको नेतृत्वमा शाही युवा शक्तिले राजसंस्था पुनःस्थापना तथा सनातन हिन्दु राष्ट्रको पक्षमा विभिन्न अभियान र कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो समय संगठनले ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित राजाको पक्षमा जनमत निर्माण गर्न हस्ताक्षर अभियानसमेत सञ्चालन गरेको छ।