ललितपुरमा पहिरोले घर भत्कायो


काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले ललितपुरमा एउटा घर भत्किएको छ।

ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरो खस्दा घर नै ढलेको हो। नगर प्रहरी विज्ञ सीताराम हाछेथुका अनुसार पहिरोका कारण सिंगो घर भत्किएको छ।

घटनामा मानवीय क्षति भए–नभएकोबारे थप विवरण आउन बाँकी छ।