कांग्रेसको महाधिवेशन सार्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ । यही असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन तोकिएको मितिमा गर्न सम्भव नदेखिएपछि नयाँ मिति तय गर्ने तयारी भएको हो ।

अविरल वर्षाका कारण सिर्जित विपद्‌का कारण केही जिल्लामा अधिवेशन बाँकी नै रहेका कारण महाधिवेशन केही दिन सर्नसक्ने उपसभापति पुष्पा भुसालले बताइन् ।

उनका अनुसार कति दिन पर लैजाने भन्ने विषयमा मंगलबार बिहान बैठक बोलाइएको छ । तीन दिनदेखि एकसातासम्म महाधिवेशन सर्नसक्ने बताइएको छ ।