बालकृष्ण खाँण महाधिवेशन प्रतिनिधिमा निर्विरोध



बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाँण महाधिवेशन प्रतिनिधि (खुला) पदमा निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्रीय अधिवेशनअन्तर्गत खुला समूहबाट उमेदवारी दिएका खाँण निर्विरोध निर्वाचित भएका हुन् ।