काठमाडौँ । भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रूपैयाँले बढेर आएपनि नेपाल आयल निगमले भने मूल्य यथावत् राखिएको छ । चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ।
हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिककै मूल्य कायम राखिएको निगमले जनाएको छ ।
नयाँ निर्णयअनुसार बजारमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम रहनेछ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पनि बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।





प्रतिक्रिया