उपल्लो मुस्ताङवासीद्वारा बाढीपीडितका लागि १ करोड ६० लाख सहयोग


काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका उपल्लो मुस्ताङवासीले भोटेकोशी र त्रिशूली बाढीपीडितका लागि १ लाख ४ हजार ६ सय ८८ अमेरिकी डलर (करिब १ करोड ६० लाख रुपैयाँ) सहयोग गरेका छन्।

लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत लोमान्थाङ र लो-घेकर दामोदरकुण्ड क्षेत्रका नेपाली तथा शुभेच्छुकबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

संस्थाले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। सन् २०१४ मा स्थापित संस्था न्यूयोर्कको क्वीन्समा उपल्लो मुस्ताङको संस्कृति, भाषा र बौद्ध परम्पराको संरक्षण तथा सामाजिक एकताका लागि सक्रिय रहँदै आएको छ।